होबार्ट, तास्मानिया । तास्मानियामा दोस्रो दशैँ सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ। तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए)ले उक्त प्रतियोगिता अक्टोबर ७ र ८ गते पेम्ब्रोक ओवल, सोरेल क्रिकेट मैदानमा गर्न लागेको हो। ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन टाइटल स्पोन्सर रहेको प्रतियोगिता खेल्न ९ टिमले नाम दर्ता गरेको टिएनसिएका अध्यक्ष कमल भण्डारीले जानकारी दिए। उनका…