काठमाडौँ ।
हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका दश जनामध्ये चार जना नेपालीको शब आज नेपाल पठाइने भएको छ। तेल अबिबस्थित नेपाली दूतावासले स्थानीय समय अनुसार आज दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबाईको विमानमार्फत चार जनाको शव पठाउन लागिएको जनाएको छ।
दुबईबाट फ्लाई दुवईकै अर्को विमानले भोलि बिहान शब काठमाडौँ ल्याइपुर्याउने छ। दूतावासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएकाहरुको शव मात्रै नेपाल पठाउन लागिएको हो।
पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको रहेको छ।
आक्रमणमा मृत्यु भएका अन्य शबहरुको पनि पहिचानको काम भईरहेको राजदूतावासले जनाएको छ। दूतावासका अनुसार हमासको आक्रमणका क्रममा बेपत्ता भएका विपिन जोशीको अबस्था भने अझै अज्ञात नै रहेकाले बिभिन्न माध्यमहरुको सहयोगमा खोजी कार्य भईरहेको छ।

प्रतिक्रिया