एनआरएनए ओसेनिया संयोजकमा पोखरेल र महिला संयोजकमा रेनुका लामा विजयी

एनआरएनए ओसेनिया संयोजकमा पोखरेल र महिला संयोजकमा रेनुका लामा विजयी


काठमाडौँ ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) ओसेनिया क्षेत्रीय संयोजकमा दिनेश पोखरेल विजयी भएका छन्। काठमाडौँ जारी संघको ११ औँ महाधिवेशनबाट पोखरेल निर्वाचित भएका हुन्। ओसेनिया क्षेत्रको संयोजक पदमा अर्को उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।

यस्तै ओसेनिया क्षेत्रको महिला संयोजक पदमा रेनुका लामा पनि निर्बिरोध चयन भएकी छिन्। यस्तै सह संयोजकहरुमा कोमलराज पाठक ,अरुण कुमार ठाकुर र युवा संयोजकमा सुर्य आचार्य निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ।

संयोजक पोखरेल एनआरएनए अस्ट्रेलियाको २०१५–२०१७ कार्यसमितिमा उपाध्यक्ष र एनएसडब्लु राज्य संयोजकमा निर्वाचित भएका थिए।

यस्तै महिला संयोजकमा निर्वाचित लामा अष्ट्रेलियाको नेपाली समुदायको चिरपरिचित अनुहार हो। एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष एव. साउथ अष्ट्रेलियाको संयोजकको कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकी लामा सामाजिक एबम कल्याणकारी कार्यमा सधै अग्रपंतिमा देखिन्छिन्। उनी साउथ अष्ट्रेलियामा काउन्सलर पदमा निर्वाचित हुने नेपाली मूलकी पहिलो महिला पनि हुन्।