ब्रिस्वेन, अष्ट्रेलिया ।
क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) बनाउनका लागि जग्गा खरिद गरिएको छ। क्विन्सल्याण्डको लोगन सिटी काउनसिलमा १५ लाख २० हजार अष्ट्रेलियन डलर अर्थात (झन्डै १३ कारोड रुपैयाँ) मा जग्गा खरिद गरिएको हो। क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र बनाउने अभियानले सोमबार थोरै भएपनि आसा जगाएको छ। विभिन्न बाधा–अवरोध पार गर्दै क्विन्सल्याण्डवासी नेपालीहरुले क्वीएनसीसी बनाउने अभियानको एक महत्वपुर्ण खुटिकिलो पार गरेको छ।
क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र चाहिन्छ भनेर सन २००९ मा चलेको अभियानमा यहाँ रहेका धेरै नेपाली परिवारले साथ दिएका छन्। सन २०१७ मा औपचारिक रुपमा क्वीएनसीसी बनाउने अभियानले औपचारिकता पाएको थियो। हरि खड्कालाई नेपाली सांस्कृतिक केन्द्रको अध्यक्ष बनाइएको थियो। राजन कोइराल, नारायण पन्थी र दिल बस्नेत लगायत उनको टिममा थिए। सोही समितिले नेपाली सांस्कृतिक केन्द्रको आवश्यकताका बारेमा गोष्ठी अन्तरक्रिया गरेको थियो। सुरुवातीमा क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र बनाउनु पर्छ भन्ने अभियान नेप्लिज एसोसियसन अफ क्वीन्सल्याण्ड (एनएक्वी)ले चलाएको बताइन्छ।
हरी खड्का र उनकी श्रीमती रोजनी खड्काले नेपाली सांस्कृतिक केन्द्र बनाउनका लागि सुरुवाती वर्षहरुमा चिया बिस्कुट बेचेर आर्थिक संकलन गरेका थिए। क्वीएनसीसीको जग्गा खरिदका लागि सन २०१७ मा एक्सपोर्ट एजुकेशन भिजा सर्भिस ब्रिस्वेनका निर्देशक सागर अर्याल र उनकी श्रीमती बन्दना तिमिल्सिनाले एक लाख चन्दा दिएका थिए। त्यो बेला एक लाख अष्ट्रेलियन डलरको ज्यादै ठुलो महत्व थियो। यसले यहाँको नेपाली समुदायमा ठुलो तरंग ल्याइदियो।
क्वीन्सफोर्ड कलेजका संचालक सन्तोष पाण्डे, रूपेश पाठक, बद्री जैसी र विकास भण्डारीले नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि दुई लाख ७ हजार अष्ट्रेलियन डर सहयोग गरेका छन्। यो रकमले पनि नेपाली सांस्कृतिक केन्द्र बनाउने अभियानलाई थप उर्जा थपिदियो।
क्वीएनसीसीका लागि दश हजार भन्दा बढी दिनेहरुमा डा अनिल शर्मा र श्रीमती श्रीस्तु शर्मा, एनआरएन अष्ट्रेलियाका महासचिव सन्तोष कुँवर र श्रीमती सन्या पाठक, क्वीएनसीसी आर्थिक संकलन उपसमितीका संयोजक अभिमानसिंह बस्नेत र श्रीमती सिर्जना बस्नेत, विवेक अर्याल र श्रीमती समीक्षा पौडेल, धीरेन्द्र उप्रेती र श्रीमती देवी गुरुङ उप्रेती, सुरेश श्रेष्ठ र श्रीमती संगीता श्रेष्ठ, होम पौडेल र श्रीमती स्मिता कोइराला पौडेल, बासुदेव दाहाल र श्रीमती सबिना भण्डारी, पार्थ पराजुली र श्रीमती रीना पराजुली रहेका छन्।
गत सोमबार जग्गा खरिद गरेपछि क्वीएनसीसीका अध्यक्ष डा केशव शर्मा हर्षित मुन्द्रामा देखिएका थिए। उनले क्वीएनसीसीको यो महत्वपुर्ण खुटकिला पार गर्नमा क्विन्सल्याण्डवासी नेपालीहरुको एक दमैसाथ सपार्ट रहेको केबीसीलाई बताए। उनले भने, यो अभियान सफल पार्न अहोरात्र खटिने क्वीएनसीसीका साथिहरु र कमिटीमा नबसेर पनि दिन रात नभनि नेपाली सांस्कृतिक केन्द्र बनाउन लागि पर्ने थुप्रै साथिहरु हुनुन्छ। सबैको नाम लिन अहिले असम्भव छ। उचित समय आएको बेला उहाँहरुको नाम अभिलेखीकरण गरिने छ। यो अभियानमा साथ दिने संघ-संस्था, स्पोर्टस क्लब, एनआरए क्वीन्सल्याण्ड, एनएक्वी, कलाकार लगायत क्विन्सल्याण्डवासी नेपाली र गो फण्ड मार्फत आर्थिक सहयोग गर्ने सबैलाई क्वीएनसीसी र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहान्छु।
गौरवको परियोजना नेपाली सांस्कृतिक केन्द्रलाई सार्थक पार्नको लागि दोस्रो चरणको कामका लागि क्विन्सल्याण्डवासी नेपालीहरुको दरिलो साथ सहयोगको अपेक्षा गरेको उनले बताए। उनले क्वीएनसीसीमा अब बन्ने सिवालय र बौद्ध स्तुपाका लागि यहाँ रहेका नेपालीहरुले यो परियोजनालाई अपनत्व महसुस गरेर आफै जागुरुक हुने पर्ने समय आएको बताए।
२५ हजारको हाराहारीमा क्वीन्सल्याण्डमा नेपाली रहेको अनुमान छ। क्वीएनसीसीको सदस्य भने लगभग ६ सय मात्र छ। यो संख्या अत्यन्तै न्युन हो। क्वीएनसीसीको बाकी रहेको कार्य गर्न भनेको नयाँ सदस्यता बितरण नै हो। कसैले स्वइन्छाले दिएको दान दक्षिणालाई पनि स्वीकार गरिने छ उनले भने।
उनले क्वीएनसीसीको दोस्रो चरणको काम डिएप्लिकेसन र फण्ड रेजिङ गरी दुई तरिकाले अगाडी बढने बताए।। जग्गा पास हुने बित्तिकै योजनाकारहरुसँग सम्पर्कमा रहेको भन्दै डिएप्लिकेसनको सबन्धमा पुनः अध्यान भइरहेको उनले जानकारी दिए।
कन्सल्टेन्ट नियुक्त गर्ने प्रक्रियामा छौँ। बाँकी कामहरुको कति खर्च लाग्छ भन्ने बारेमा अध्यान भइरहेको छ। यी सबै काम सकिएपछि लोगन काउन्सिल सिटीमा पठाउने छौँ। उहाँहरुसँग एक चरणमा मिटिङ भएको छ। फोहर व्यवस्थापन, ध्वनी प्रदुषणदेखि वातावरण असरको अध्यान प्रतिवेदन बनाएर लोगन काउन्सिल सिटीलाई बुझाउने छौँ । यी सबै अध्यानपछि मात्र काउन्सिलले संरचना निर्माणको स्वीकृत दिन्छ। यी सबै कुराको अध्यान हुन ६ महिना जति लाग्छ। काउन्सिलले स्वीकृत दिएपछि तत्काल भवन निर्माणको लागि आर्थिक संकलन गरिने छ उनले थपे।
उनले निर्माणको कार्यलाई पनि दुई चरणमा गर्ने योजना रहेको सुनाए। मन्दीर, बौद्ध स्तुपा र कार पार्किङ पहिलो चरणमा गरिने उनले बताए। दोस्रो चरणमा बाँकी कामहरु गर्ने उनको भनाइ छ। उनले ६ महिनामा पहिलो चरणको कार्य गर्न कति खर्च चाहिन्छ यसबारे थाहा हुने बताएका छन्। आर्थिक संकलनको मुख्य स्रोत भनेकै सदस्ता वितरण र चन्दा संकलन नै भएकाले यसलाई थप तिव्र गतिम अगाडी बढाइने उनले बताए। अहिलेको गो फण्ड तत्काल बन्द गरेर दोस्रो चरणको संरचना बनाउँदा पनः संचालन गरिने उनले बताए।
उनले आर्थिक संकलनका लागि केही महत्वुर्ण कार्यक्रमहरु पनि गरिने जानकारी दिए। आर्थिक सहयोगका लागि यहाँ सरकारसँग पनि गुहार गरिने बताए। क्वीएनसीसीको जग्गालाई सफा गरी हिन्दु र बौद्ध धर्मालाई झल्काउने खालका बिरुवाहरुको वृक्षारोपण गरिने बताए। डिएप्लिकेसन स्वीकृत भएपछि सामुदायीक केन्द्रको जग्गामा कार्यक्रम, भेला गोष्ठी गर्न सकिने बताए। उनले क्वीएनसीसीको सदस्यताको शुल्क दुई सय डलर तत्काल तिरेर बाँकी रकम किस्तामा तिर्न सकिने भन्दै सदस्यता लिन सबैलाई आग्रह समेत गरेका छन्।
अध्यक्ष शर्माले यस अभियानलाई सुरुदेखि नै सकारात्मक साथ र सपोर्ट दिने केवीसी खबर र नेपाल ट्युवलाई विषेश धन्यवाद दिँदै आगमी दिनहरुमा पनि यस्तै साथ सपोर्ट को अपेक्षा गरेको बताए।
एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा क्वीन्सल्याण्डका संयोजक शम्भु घईसेले एनआरएन क्वीन्सल्याण्ड, एनएक्वी र क्वीएनसीसी एकसाथ अगाडी बढेमा सामुदायीक केन्द्रका बाँकी कामहरु सफल हुनेमा विस्वस्थ रहेको बताए। क्वीएनसीसीलाई यहाँसम्म पुर्याउन क्वीन्सल्याण्डवासी नेपालीहरु र कलाकारहरुको पनि देन रहेको उनको भनाइ छ।
फाइनान्स ब्रोकर कमल गुरुङले क्वीएनसीसीले जग्गा प्राप्त गरेसँगै आर्थिक संकलन गर्न सहज हुने बताए। उनले भने, कन्ट्रक्सन गर्नलाई कति पैसा लाग्छ यो कुराको पहिला निर्धारण हुनुपर्यो। जग्गा किन्दा साथिहरु अलि अलमलमा परेका थिए। अब जग्गा किनेपछि सबै साथिहरु जोडिनेमा म विस्वस्थ छु। उनले सामुदायीक केन्द्रको जग्गामा गएर साथि भाइहरुसँग भेटघाट गर्ने बातावरण मिलाउन सुझाव दिए।
यस्तै सिनियर इन्जिनियर मोहोन शर्माले एनएक्वीले नेपाली सामुदायीक केन्द्रको पहिलो अवधारणा ल्याएको बताए। सन २००६ मा स्थापना भएको एनएक्वीले पिकनिक, भेटघाटका जस्ता कार्यक्रममा नेपाली सामुदायीक केन्द्रको अवधारणा बारे छलफल भएको उनको भनाइ छ। उनले एनएक्वीले आयोजना गरेका कार्यक्रमबाट नेपाली सामुदायीक केन्द्रका लागि आर्थिक संकलन गर्दै आएको स्मरण गराए।
उनले भने, संकलित आर्थिक रकम एनएक्वीको खातामा नभएर अलग्गै राख्ने गरिएको थियो। त्यसै क्रममा एनआरएनए क्वीन्सल्याण्डको संयोजक पदका लागि उम्मेदवारी दिएका अभिमानसिंह बस्नेतले क्वीन्सल्याण्डमा नेपाली सामुदायीक केन्द्र बनाउने एजेण्डा बोकेका थिए। एनआरएनए क्वीन्सल्याण्डको संयोजकमा निर्वाचित भएपछि बस्नेतले बृहत भेलाको आयोजना गरेका थिए। सोही भेलाबाट सन २०१७ मा नेपाली सामुदायीक केन्द्रको जन्म भएको हो।
उनले क्वीएनसीसीका बर्तमान अध्यक्ष केशव शर्माको योगदान महत्वपुर्ण रहेको बताए। सुरुदेखि नै सामुदायीक केन्द्र बनाउने अभियानमा लागेका उहाँ नेपाली र अग्रेजी भाषाका विज्ञ भएकाले उहाँको कम्युनिकेसन गर्न सक्ने क्षमता पनि भएकाले आज क्वीएनसीसी यो अवस्थामा आएको हो। उहाँलाई म बिषेश धन्यवाद दिन चाहान्छु शर्माले भने।
उनले जग्गा खरिद गरेपछि जसरी भएपनि मन्दिर बौद्ध स्तुपा बनाउनु पर्नेमा जोड दिए। उनले आर्थिक संकलनको लागि अझै मेहनत गर्नुपर्ने बताएका छन्।
सामाजिक अगुवा सुरेश श्रेष्ठले नेपाली सांस्कृतिक केन्द्र आवश्यक रहेको बताए। उनले भने, नेपाली सामाुदायीक केन्द्रको जग्गा खरिद गरेको दिन सारै खुसी भए। अष्ट्रेलियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई सांस्कृतिसँग जोड्न यसले महत्वपुर्ण भुमिका खेल्छ। अब हामी आसावादी भएका छौँ। आर्थिक संकलनलाई थप जोडतोडका साथ लागेर यो नेपालीहरुको गौरवको परियोजनालाई सफल पार्नपर्छ।
यस्तै एक्सपोर्टका होम पौडेलले सामुदायीक केन्द्रको बाँकी काम गर्न यहाँको सरकारसँग सहयोगको अपिल गर्नपर्ने बताए। उनले आर्थिक संकलनलाई तिव्र पार्न सामुदयीक केन्द्रको सदस्यता वितरणलाई फराकिलो पार्नुपर्ने सुझाव दिए।
आरकेटेक इन्जिनियर स्वस्ति श्रेष्ठले नेपाली कला संस्कृतिलाई यहाँको समुदायसँग जोड्नुपर्ने धारणा राखे। सामुदायीक केन्द्रभित्र परम्परागत नेपाली खाना, नेपालीहरुको कला संस्कृति झल्कने गरगहना, परम्परागत पोशक, आर्कर्षक चिल्ड्रेन पार्क बनाएमा सामुदायीक केन्द्रको आकर्षकता थप झल्किने उनले बताए। उनले यसबाट सामुदयीक केन्द्रले आय आर्जन गर्ने धारणा राखे। पहिला पर्ख र हेरको अवस्था थियो अब सामुदायीक केन्द्रको सदस्यता लिने संख्या बढ्ने सक्ने उनको विस्वास छ।
सिनियर इन्जिनियर राजन कोइरालाले आफु क्वीएनसीसीको अभियानमा २०११ बाट जोडिएको बताए। उनले सामुदायीक केन्द्रको जग्गा खरिद गरेपछि अन्य संरचना निर्माण गर्न सहज भएको बताए। सामुदयीक केन्द्रका बारेमा अष्ट्रेलियामा रहेका नेपालीहरुमा सन्देश प्रवाह गरेर यसको पुर्णताका लागि सदस्यता वितरण र चन्दा संकलनको कार्यलाई तिव्रताका साथ अगाडी बढाउनु पर्ने उनको भनाइ छ। उनले पछिल्लो पुस्तालाई विभिन्न कार्यक्रम तथा अन्तरक्रियाबाट सामुदायीक केन्द्रमा जोड्न् पर्ने बताए।
नेप्लिज एसोसियसन अफ क्वीन्सल्याण्डका अध्यक्ष हेमांग शर्मा क्वीएनसीसी क्वीन्सल्याण्डवासी नेपालीहरुको गौरवको विषय भएको बताए। उनले यस अभियानमा लागेका सम्पुर्ण अग्रज दाई र साथिभाइहरुलाई धन्यबाद दिएका छन्। उनले क्वीएनसीसीले पहिलो खुटकिला पार गरेका भन्दै सामुदायीक केन्द्रका बाँकी महत्वपुर्ण कामहरु सम्पन्न गर्न अझै खट्नु पर्ने बताएका छन्। उनले क्वीएनसीसीलाई एनएक्बीले सधै सहयोग गर्न तयार रहेको बताए। अध्यक्ष हेमांग शर्माले एनएक्वीले सामुदायीक केन्द्रका लागि केही पैसा जम्मा गरेको भन्दै उक्त पैसा केही समयमा हस्तान्तरण गर्ने जानकारी दिए। क्वीएनसीसीले जग्गा प्राप्त गरिसकेपछि अब यसबाट आर्थिक संकलन गर्ने धेरै विकल्पहरु पनि छन्। बाँकी रहेका सामुदायीक केन्द्रका कार्यहरुलाई सम्पन्न गर्न सदस्यता वितरण र चन्दा भन्दा पनि अन्य विकल्पमा पनि जानु पर्ने उनले बताए। एनएक्वी र क्वीएनसीसीसँग सँगै जाने प्रतिवद्धता समेत जनाएका छन्।
प्रतिक्रिया