मेलबर्न सप्ताह–२ बाट तीन लाख अष्ट्रेलियन डलर सहयोग जुट्यो

मेलबर्न सप्ताह–२ बाट तीन लाख अष्ट्रेलियन डलर सहयोग जुट्यो


मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि आयोजना गरिएको मेलबर्न सप्ताह–२ बाट तीन लाख अष्ट्रेलियन डलर सहयोग जुटेको छ। मेलबर्न सप्ताह–२ को छैटौँ दिनसम्म तीन लाख १४ हजार ५२१ अष्ट्रेलियन डलर संकलन भएको एनएनएमसीका सचिव डा तिलक पोखरेलले जानकारी दिए।

उनका अनुसार सप्ताहको पहिलो दिन ८ हजार १५३, दोस्रो दिन ५२ हजार ५४७, तेस्रो दिन ७६ हजार ४७०, चौँथो दिन ६१ हजार ४०२, पाँचौ दिन २५ हजार ९९७ र छेठैँ दिन ८९ हजार ९५२ अष्ट्रेलियन डलर आर्थिक संकलन भएको छ। उनले २५ हजार भन्दा बढी दान गर्ने दातालाई एएनएमसीको संरक्षंक बनाइएको जानकारी दिए।

१५ अक्टोबरमा सुरु भएको मेलबर्न सप्ताहको आज छैठौँ दिन पुगेको छ। सप्ताहमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ। सप्ताहमा पण्डित् दिनबन्धु पोख्रेलले कथा बाचन गरिरहेका छन् भने सन्तोष गर्ग क्षेत्रीले भजन कीर्तन गरिरहेका छन्।

मेलबर्न सप्ताहमा भोलि भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री, अष्ट्रेलियामा रहेका बिभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थितिमा औपचारिक कार्यक्रम गरिँदैछ। सोही कार्यक्रमको अवसर पारेर एएनएमसीका नवनिर्मित संरचनाहरुको उद्घाटन पनि गरिने सचिव पोखरेलले बताए।