विराटनगर । आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ। मेची राजमार्गमा मंगलबार सवारीसाधन नचल्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन्। मेची राजमार्गको फिदिम–ताप्लेजुङ र फिदिम–इलाम सडक खण्डमा यातायातका साधन चलेका छैनन्। बन्द आह्वानकर्ताले यातायातका साधनलाई चल्न नदिएपछि यात्रुहरु मर्कामा परेका छन्। प्रदेश नामकरणप्रति असन्तुट बनेको ‘प्रदेश…