काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर आज धरौटी वापतको रकम पुग्ने बैंक ग्यारेन्टी पेश गरेका छन् ।बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा खाँणलाई छाड्न आदेश दिएपछि आज खाँणले धरौटी अनुसारको बैंक ग्यारेन्टी जम्मा गराएका हुन ।
तर, अदालतमा उनले धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि तत्काल उनी छुट्ने छैनन् ।खाँणलाईआजै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराउने बताईएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाईगत बैशाख २७ गते प्रहरीले काठमाडौंको चाबहिलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया