काठमाडौं महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश


काठमाडौं ।

उच्चअदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशजनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।