मेलबर्नमा भुटानी राष्ट्रिय दिवस, विनाअनुमति नाम प्रयोग गरेको भन्दै बीसीएको आपत्ति !

मेलबर्नमा भुटानी राष्ट्रिय दिवस, विनाअनुमति नाम प्रयोग गरेको भन्दै बीसीएको आपत्ति !


मेलबर्न, अष्ट्रेलिया ।

भुटानको राष्ट्रिय दिवस अष्ट्रेलियाको मेलबर्नमा झण्डोत्तोलन गर्दै आज मनाइँदैछ । विगत पाँच वर्षदेखि झण्डोत्तोलन गर्दै भुटानको राष्ट्रिय दिवस मेलबर्नमा मनाउने गरिएकोमा यस पटक भने कार्यक्रमअघि आयोजक संस्थाबारे विवाद उत्पन्न भएको छ ।

भुटनीज कम्युनिटी ईन अष्ट्रेलिया बीसीए ले आफुहरु कार्यक्रममा सहभागी नभएको जनाएको छ भने आफ्नो संस्थाको नाम विना अनुमति कुनै परामर्शविना संलग्न गराइएकोमा आपत्ति समेत जनाएको छ । शुक्रबार एक प्रेस नोट जारी गर्दै अष्ट्रेलियामा गैरनाफामूलक संस्थाको रुपमा दर्ता भएको भुटनीज कम्युनिटी ईन अष्ट्रेलियाले झण्डोत्तोलन कार्यक्रमको आयोजक संस्थाले अतिथिहरुलाई पठाएको पत्रमा आफ्नो संस्थाको समेत नाम प्रयोग गरिएको दावी गरेको छ । यस्तो गर्नु अष्ट्रेलियन कानून विपरित हुन जाने र यसले समाजमा भ्रम सिर्जना गर्ने भएकोले यस्तो कार्य नगर्न पनि बीसीएले अनुरोध गरेको छ ।

बीसीएको समेत सहभागिता भनी गरिएको ईमेल निमन्त्रण Picture : Supplied

साथै, संस्थाले जारी गरेको प्रेस नोटमा भुटानको राष्ट्रिय दिवस मनाउँदा त्यसले अष्ट्रेलियामा पुनस्र्थापना गरिएका भुटानी शरणार्थीहरुको मनमा त्रास सिर्जना गर्ने, मानसक तनाव बढाउने र हिजो खेदिएको, नेपालमा २० औं वर्ष शरणार्थी शिविरमा विताएको स्मरणमा आउने सम्भावना रहने उल्लेख गरिएको छ ।

तिला गुरागाईं अध्यक्ष रहेको संस्थाले यसअघिका भुटानी राष्ट्रिय दिवसहरुमा भने सहभागिता जनाउने गरेको थियो ।