अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली टोपी दिवस मनाइँदै

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली टोपी दिवस मनाइँदै


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली टोपी दिवस मनाइँने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ तारिख कमनवेल्थ पार्कमा प्रबासी नेपाली मञ्च साउथ अष्ट्रेलियन क्यापिटल टेरोटेरीले नेपाली टोपी दिवस मनाउन लागेको हो।

मंञ्चले अन्तराष्ट्रिय नेपाली टोपी दिवसको सन्दर्भमा बार्बिक्यू सहितको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा नेपालीहरुको एकता, सद्भाव र बहादुरीको पहिचानको रुपमा रहेको नेपाली टोपीलाई चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मञ्चका राज्य समितिका इन्चार्ज किशोर भण्डारीले जानकारी दिए।

नयाँ वर्षको सन्दर्भमा आम राजधानीवासी एक अर्कामा शुभकामना आदान प्रदान गर्दै नेपाली परम्परागत गित संगितको मनोरञ्जन प्रदान गर्न मञ्चले कार्यक्रमको आयोजना गरेको भण्डारीको भनाइ छ।

मञ्चका राज्य समिति अध्यक्ष अभिषेक उप्रेतीले कार्यक्रम अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई परिचित गराउदै नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने उद्देश्य रहेका बताए। उनले गैर्ह नेपाली विचमा समेत नेपालको प्रचार प्रसार गरि नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटनको क्षेत्रमा सानो भए पनि सहयोग पुगोस भन्ने चाहना रहेको बताए ।

दिउँसो ३ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश निस्शुल्क रहेको आयोजक समितिले जनाएको छ।