आज अस्ट्रेलियन डलरको रेट ८६.१० रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अस्ट्रेलियन डलरको रेट ८६.१० रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबार का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ४९ पैसा रहेको छ। मंगलबारको तुलनामा आज अस्ट्रेलियन १६ पैसाले घटेको नेपाल राष्ट्र बैँकले जनाएको छ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।