कोरियालाई हराउँदै जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा

कोरियालाई हराउँदै जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा


काठमाडौं ।

कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ। मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो। जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो।

आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णतः हकदार रह्यो।

खेलको ५३ औं मिनेटमा जोर्डनका याजन अल–नामटले पहिलो गोल गरेका थिए। प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो। मउसा अल–तमारीले ६६ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरे। अल–नामट र अल–तमारीको आक्रामक खेलका अगाडि दक्षिण कोरियाली टिम कमजोर र फिक्का देखिएको थियो।

बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ र त्यसमा इराकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारको सामना गर्दैछ।