आइसीसी यू–१९ विश्वकप क्रिकेट : भारत छैटौं पटक उपाधि नजिक

आइसीसी यू–१९ विश्वकप क्रिकेट : भारत छैटौं पटक उपाधि नजिक


काठमाडौँ ।

आइसीसी यू–१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो। दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले सर्वाधिक ७६ रनको पारि खेले। उनले १०२ बल फेस गर्दा ३ छक्का र ६ चौका प्रहार गरेका थिए। यसैगरी रिचर्ड सेलेट्सवेनले ६४ रनको पारि खेल्दा १०० बल फेस गरे। उनले पारिमा २ छक्का र ४ चौका प्रहार गरेका थिए।

ट्रिस्टन लुइसले नटआउट २३ रन बनाउँदा जुआन जेम्सले २४ रनको पारि खेले। यसैगरी ओलिभर ह्वाइटहेडले २२ रन बनाएका थिए।भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट लिँदा मुशेर खानले २ विकेट हात पारे। नमन तिवारी र सौम्य पाण्डेले एक एक विकेट लिए। २४५ रनको जवाफी लक्ष्यसहित उत्रिएको भारतले ४८।५ ओभरमा ८ विकेट गुमाएर जित निकाल्दै फाइनलमा स्थान बनायो।

भारतलाई जित दिलाउनका लागि कप्तान उदय शरण र सचिन दासको पारि महत्वपूर्ण रह्यो। सुरुआत खराब गरेको भारतलाई सचिन दासले ९६ रनको पारि खेल्दै जित नजिक लगेका थिए। सचिन दास आउट हुँदा भारतले ४२।१ ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो।

यसैगरी कप्तान उदय शरणले ८१ रनको पारि खेल्दै जित दिलाएका थिए। स्कोर बराबर भएका बेला १२४ बल फेस गरेपछि रनआउटको शिकार बने। उनले आफ्नो पारिमा ६ चौका प्रहार गरे। अन्त्यमा राज लिम्बानीले ४ बलमा १३ रनको नटआउट पारि खेलेर जित निकाले। लिम्बानीले १ छक्का र १ चौका प्रहार गरे।

भारतका अर्सिन कुलकर्नीले १२ रन बनाउँदा अर्भाले अभिनासले १० रन जोडे। दक्षिण अफ्रिकाका लागि क्वेना मफाका र ट्रिस्टन लुइसले तीन तीन विकेट लिए।

यू–१९ विश्वकप क्रिकेटमा भारत सर्वाधिक सफल टिम हो। १९८८ बाट सुरु भएको यो प्रतियोगितामा भारतले पहिलो पटक सन् २००० मा उपाधि जितेको थियो। भारतले अहिलेसम्म पाँच पटक उपाधि जिति सकेको छ। भारतले २००२ पछि २००८, २०१२, २०१८ र २०२२ मा जितेको जियो। फाइनलमा प्रवेश गरेसँगै भारत यू १९ विश्वकप क्रिकेटको छैटौं पटक उपाधि नजिक पुगेको छ।