काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ। २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालबाहेक नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन्। यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ। आठ टोलीको लिगमा क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका अन्य टोलीले विश्वकप छनोटअघि १४४ खेल खेल्नेछन्। अघिल्लो विश्वकप छनोट चक्रको…