त्रिकोणात्मक टी–२० आई श्रृंखला जित्न नेपालले १७२ रन बनाउनुपर्ने

त्रिकोणात्मक टी–२० आई श्रृंखला जित्न नेपालले १७२ रन बनाउनुपर्ने


काठमाडौं ।

हङकङमा जाी त्रिकोणात्मक टी–२० आई श्रृंखलाको उपाधी जित्न पपुवा न्युगिनी ९पिएनजी०ले नेपाललाई एक सय ७२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनायो।

पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रनको अर्धसतकिय पारी खेले। त्यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रनको योगदान दिए।

नेपालका लागि कुशल भुर्तेल आफ्नो लय फाइनलमा पनि कायम राख्दै तीन विकेट लिए। त्यस्तै, आकाश चन्दले पनि तीन, करण केसी र गुल्शन झाले एकएक विकेट झारे। नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ।