प्रतिवद्धता पूरा गर्ने भनेपछि प्रचण्डलाई समर्थन गरेका हौं : केपी ओली

प्रतिवद्धता पूरा गर्ने भनेपछि प्रचण्डलाई समर्थन गरेका हौं : केपी ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वास र समर्थन गर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै आफ्नो समर्थन रहेको बताए।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रश्ताव मन्तव्यमा प्रतिबद्धता जनाउनु भएको छ। प्रतिबद्धता गरेका काम गर्न सकेन भने मेरो प्रधानमन्त्रीत्वमा औचित्य छैन्। यसमा विश्वास गर्नु मलाई मत दिनु भनेपछि मत किन नदिने ? यति प्रतिबद्धता जनाउनु भएको छ, म यस प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस गरिमाको विश्वास छ भन्ने कुरालाई समर्थन गर्दछु।’

अध्यक्ष ओलीले देशका समस्या समाधान गर्ने हिसाबमा अगाडि बढ्न, आधारभूत रुपमा प्रजातन्त्रलाई बलियो बनाउन, संविधान कार्यान्वयन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन सँगै काम गर्ने संकल्प गरेको पनि सुनाए।