धोकेबाज भन्नु स्वीकार्य हुँदैन : प्रधानमन्त्री प्रचण्ड

धोकेबाज भन्नु स्वीकार्य हुँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई धोकेबाज भन्नु स्वीकार्य नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा उनले आफूले सबै राजनीतिक दलहरुको भलाईको लागि त्याग गरेको भन्दै धोकेबाज भन्नु स्वीकार्य नभएको बताए।

उनले भने, ‘मैले त अझ यहाँ रहेका सबै राजनीतिक दलले मलाई धन्यवाद दिनुपर्छ जस्तो लाग्छ। सबैलाई धोका होईन, सबैको भलाई भएको छ । प्रचण्डले पटक पटक त्याग गरेर पनि गरेको छ। धोकेबाज भन्नुहुन्छ तपाईहरु, यो स्वीकार्य छैन्।’

यस्तै, उनले मत दिनको लागि सबै स्वतन्त्र रहेको भन्दै राजनीतिक दललाई ठिक लागे मौका दिन आग्रह गरेका छन्।

उनले भने, ‘हामी सबै स्वतन्त्र नै छौं। दबाब दिएर हुने हो र ? कतिपयले भन्छन् पैसाको चलखेल भनेर। मैले एक पैसा कसैलाई कुनै रुपमा पनि चलखेल हुन दिएको छैन्। तपाईको विवेक, राजनीतिक दल, नीति र कार्यक्रमले प्रधानमन्त्रीलाई एकपटक फेरि मौका दिंदा ठिक हुन्छ। दिनु लाग्दैँन् नदिनु र प्रधानमन्त्रीलाई धम्क्याउने तरिकाले देशको हित हुँदैन्।’