काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्तिको छानविनका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र उपस्थित हुन पत्र काटेको छ । विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो ।
पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ । विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो । तर, सरकारले धरपकड गर्न खोजेको भन्दै उनीहरु अहिले विदेशमा छन् ।
जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धफीकरण विभागलगायतका निकायमा उजुरी परेको छ । त्यसकै अनुसन्धानका लागि उनका नाममा बयानका लागि पुर्जी काटिएको बुझिएको छ । कुनै रोजगारीमा नरहे पनि उनले पछिल्लो समय ठूलो मात्रामा जग्गा जमिन र सम्पत्ति जोडेको बताइएको छ । जयवीरकै नाममा काठमाडौंको एक होटल समेतरहेको हल्ला फैलिएपछि जेन्जी आन्दोलनमा काठमाडौंको हिल्टन होटलमा आगजनी गरिएको थियो ।

प्रतिक्रिया