काठमाडौँ । नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आज विमर्श सभा गर्दैछ। कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो। सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरु र विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन्। दिउँसो १ः१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम्…