काठमाडौं ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ। शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार नै बिहान १० बजेदेखि दिउँसो १बजेसम्मउम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयलेसम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।
सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवारप्रतिस्पर्धामाछन्। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी कूल ५१ जना उम्मेदवारको यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।
प्रतिक्रिया