मन्त्रीले औंला ठड्याउने दिन सकियो : कानुनमन्त्री गुरुङ

मन्त्रीले औंला ठड्याउने दिन सकियो : कानुनमन्त्री गुरुङ


काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुटुक्क कानुन बनाउने र दोहोरोपना हुने प्रवृत्ति रोक्न प्रस्तावित ऐनका लागि ल्याइएको विधेयक छलफलका निम्ति संसदीय समितिमा पुगेपछि अनधिकृत कसैले पनि हस्तक्षेप गर्न नसक्ने बताएका छन्।

संसद्को विधायन व्यवस्थापन समितिमा मंगलबार विधायन सम्बन्धी विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन्। ‘यो सम्पत्ति समितिको भइसकेपछि यसलाई कसरी जोगाएर आफ्नो बनाउने भन्ने कुरा समितिको हातमा हुने कुरा हो। मन्त्रीले के गर्ने भनेर औंला ठड्याउने दिन सकिइसक्यो । मैले त हेर्ने मात्रै हो,’ उनले भने, ‘त्यसकारण सदस्यहरुले यसलाई कसरी राम्रो बनाउने भन्ने कुरा आजैको मितिदेखि चिन्ता, चिन्तन गर्नुभयो भने निश्चित रुपमा अगाडि बढेर जान्छ। सवालजवाफमा मात्र अड्किनु हुँदैन।’

कानुनमा दोहोरोपना हटाउन र सरोकारवालासँग परामर्शविनै सुटुक्क कानुन ल्याउने परिपाटी रोक्न ल्याइएको विधेयकलाई छलफल गरेर जाने हो भने अझ राम्रो बनाउन सकिने उनले बताए।

‘तत्कालको अवस्था, संशोधनको प्रस्ताव राखेको अवस्था, सबैलाई जति छलफल ग¥यो त्यति राम्रो हुँदै जाने हो। आगामी दिनमा हरेक दफामा एक–एक गरेर जाने र आवश्यक परेका विषयहरु थप्दै परिमार्जन गर्दै जानुपर्छ,’उनले भने।

छफलका लागि आइपुगेको विधेयकलाई उपयोगी बनाउन समितिले आफ्नो तर्फबाट गम्भीर भएर लाग्नुपर्ने उनले बताए।