काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी ५० प्रतिशत छायाङ्कनको काम नेपालमा पूरा गरिनेछ। रोमान्टिक कमेडी कथामा तयार भइरहेको फिल्मको बाँकी काम चैतको तेस्रो साताबाट सुरु हुनेछ। फिल्ममा नवनायक विवेक कर्माचार्यले ‘वर’ र अभिनेत्री आँचल शर्माले ‘बधु’को भूमिका…