गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी

गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी


काठमाडौं ।

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपाल भारतको स्टेट टीम गुजरातविरुद्ध ८ विकेटले विजयी भएको छ। आइतबार साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातले दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५।२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन जोडे। त्यस्तै, अनिल साहले ३२ रन, कुशल भुर्तेलले १७ रन र आशिफ सेखले १६ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८।२ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो।

गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाउँदा हेमांग पटेलले २० रन, अभिषेक देसाईले ११ रन र समित पटेलले १० रन जोडे।नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए। करण केसीले तीन विकेट लिँदा सोमपाल कामीले पनि एक विकेट लिए।