दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ ४० रनले पराजित

दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ ४० रनले पराजित


काठमाडौं ।

नेपाल ‘ए’ आयरल्यान्ड एसँग ४० रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल ए पुनः पराजित भएको हो।

दुई सय २५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ए १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्र बनाउन सक्यो। नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए। त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो। आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। त्यस्तै पिटर मुरले ६५ रन, जेम्स मोकुलमले २६ रनको योगदान दिए।