टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने

टी–२० श्रृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच दोस्रो खेल हुने


काठमाडौं ।

काठमाडौंको कीर्तिपुरमा जारी टी–२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो १ बजे त्रिवी क्रिकेट मैदानमा शुरु हुनेछ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड उल्भ्ससँगे २१ रनले पराजित भयो। हिजो नेपालमा लोकश बमको सतकिय पारिका बाबजुद पनि नेपाल पराजित भएको थियो। बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकिय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन।

शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्याण्डलाई हराउनै पर्ने दबाबमा छ।