यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल १ सय ५४ रनले बंगलादेशसँग पराजित

काठमाडौं ९ पुस । यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल ठूलो अन्तरले पराजित भएको छ । यूएईमा आज भएको खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको हो । शारजाह क्रिकेट मैदानमा बंगलादेशले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४३ रनमै सीमित भयो…