अष्ट्रेलियाको ब्रिसबेनमा ‘गजल मुशायरा २०२२’ हुँदै !

अष्ट्रेलियाको ब्रिसबेनमा ‘गजल मुशायरा २०२२’ हुँदै !


ब्रिसबेन अष्ट्रेलिया ।

अष्ट्रेलियाको ब्रिसबेनमा ‘गजल मुशायरा २०२२’ हुने भएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मुख्य प्रयोजन रहेको ‘गजल मुशायरा २०२२’ गजल मुशायरा परिवारले आयोजना गर्न भएको हो।

सेप्टेम्बर १७ तारिख ब्रिसबेनको हेमिल्टन टाउन हलमा हुने उक्त कार्यक्रममा नेपाल आइडल सिजन–२ का उपविजेता बिक्रम बरालको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै उक्त कार्यक्रममा बसन्त ओली (बसन्ती) को गजल संग्रह ‘बोई’ को पनि लोकर्पण गरिने छ।

कार्यक्रममा स्रष्टाहरूले गजल वाचन गर्नुका साथै गजल नृत्य, गजल गायन पनि रहेको रहनेछ ।

‘गजल मुशायरा २०२२’ को सह–आयोजक अन्तराष्ट्रिय साहित्य समाज रहेको छ भने सहयोगी भुमिकाम एनआरएनए एनसीसी अष्ट्रेलिया रहेको छ। यस्तै कार्यक्रमको गोल्डेल स्पोन्सर जेनिथ क्वीक फाइनान्स, इनोभेटिभ एशोसिएट्स र मल्टी डाइनामिक, सिल्भर स्पोन्सरमा मन्डला कन्सल्टेन्सी र ब्लुबेरी रियल स्टेट रहेका छन् ।