काठमाडौं ।
संयुक्त अरब इमिरियट्स (युएई)मा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत शनिवार दुई खेल हुँदैछन्। आज समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा युएईले बंगलादेशको सामना गर्नेछ। दोस्रो खेलमा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन्।
समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले एकएक खेल खेलिसकेका छन्। शुक्रबार भएको खेलमा पाकिस्तान र भारतले विजयी सुरुवात गरेका हुन्। पाकिस्तानले नेपालमाथि र भारतले अफगानस्थानमाथि सात–सात विकेटको जित निकालेका हुन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार खाएको नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ।
प्रतिक्रिया