काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध कठिन जित निकालेको छ। एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो। मिखेलो मुडरेकले १३ औं मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा क्रिष्टलले बराबरी गरेको थियो। जाडोर्न अवेइको पासमा…