काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा ग्रानडा विजयी भएको छ। बुधबार राति भएको खेलमा ग्रानडाले काडिजलाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रनडाको जितमा मायर्तो उजुनी र ब्रायन जरागोजा मार्टिनेजले एक एक गोल गरेका थिए।
२२ औं मिनेटमा लुकास वोएको पासमा उजुनीले गोल गर्दै ग्रानडालाई अग्रता दिलाए। पहिलो हाफमा १ गोल गरेको ग्रानडाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो। ७० औं मिनेटमा कार्लोस नेभाको पासमा ब्रायन मार्टिनेजले गोल गरेपछि ग्रानडा २–० को सहज जित निकाल्न सफल भयो।
जितपछि ग्रनडा ला लिगाको तालिकामा पुछारबाट दोस्रो स्थानमा छ भने काडिज पुछारबाट तेस्रो स्थानमा छ। ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा रहेको छ।
प्रतिक्रिया