रुविना क्षेत्री प्रधानमन्त्री कप महिला क्रिकेटको सर्वोत्कृष्ट खेलाडी घोषित

रुविना क्षेत्री प्रधानमन्त्री कप महिला क्रिकेटको सर्वोत्कृष्ट खेलाडी घोषित


काठमाडौँ ।

प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन। उनले स्कुटर पुरस्कार प्राप्त गरिन्।

यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन्। उनले उपाधिसहित रु ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन्। प्रतियोगितामा मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन। दुवैजनाले जनही रु ५० हजार पुरस्कार प्राप्त गरे।