अफगान क्रिकेट प्रशिक्षक ट्रोटको कार्यकाल १ वर्ष थप

अफगान क्रिकेट प्रशिक्षक ट्रोटको कार्यकाल १ वर्ष थप


काठमाडौं ।

अफगानिस्तान क्रिकेट बोर्डले प्रशिक्षक जोनाथन ट्रोटको कार्यकाल थप गर्ने निर्णय लिएको छ। भारतमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तान टिमका मुख्य प्रशिक्षक तथा इंग्ल्याण्डका पूर्व ब्याट्सम्यान ट्रोेटको कार्यकाल १ वर्ष थप गर्ने निर्णय गरिएको हो।

अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट मार्फत यो जानकारी दिएको हो। गत वर्ष, बोर्डले जुलाई २०२२ मा १८ महिनाका लागि जोनाथन ट्रटलाई टोलीको प्रशिक्षक नियुक्त गरेको थियो। ट्रोटको प्रशिक्षणमा अफगानिस्तान क्रिकेट टिमले एसिया कप र विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

सन् २०२३ को विश्वकपमा अफगानिस्तानले पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका जस्ता बलियो टोलीलाई पराजित गरेको थियो। यसबाहेक अफगानिस्तान पनि अष्ट्रेलियाविरुद्ध जित नजिक पुगे पनि ग्लेन म्याक्सवेलको २०१ रनको विस्फोटक इनिङका कारण अफगानिस्तानले त्यो खेल जित्न सकेन।

सन् २०२३ को विश्वकपपछि अब यो वर्ष पनि टी–२० विश्वकप आयोजना हुँदैछ। आईसीसीको यो ठूलो प्रतियोगिताअघि जोनाथन ट्रोटको कार्यकाल विस्तारले अफगानिस्तान टोलीलाई धेरै राहत दिनेछ।

जोनाथन ट्रोट आएपछि अफगानिस्तान टोलीका धेरै खेलाडीको प्रदर्शनमा उल्लेखनीय सुधार आएको छ।