काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ। निगमले मूल्य वृद्धि बिहीबार मध्यरातिदेखि लागू भएको जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको…