आज कति पुग्यो अस्ट्रेलियन डलरको भाउ ?

आज कति पुग्यो अस्ट्रेलियन डलरको भाउ ?


कामठाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन्। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६।८१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.०९ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ रहेको छ।