काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छन्। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ४४ पैसा रहेको छ। बिहीबारको तुलनामा आज अष्ट्रेलियन डलर ३५ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै डलरको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँ ०० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया