आज अष्ट्रेलियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज अष्ट्रेलियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ७० पैसा रहेको छ। मंगलबारको तुलनामा आज अष्ट्रेलियन डलर २९ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४० पैसा र बिक्री दर १३३ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ०१ पैसा र बिक्री दर १६९ रूपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।