काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ८३ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलर ९० पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै, आज डलरको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७९ पैसा र बिक्री दर १४४ रुपैयाँ ४४ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २० पैसा र बिक्री दर १६७ रुपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया