काठमाडौं, ११ चैत ।सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नुपर्ने, तर त्यसबारे सम्बन्धित स्थानीय तहबाटै निर्णय लिनुपर्ने धारणा राखेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताहरुले चुनावमा नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन गर्नुपर्ने, तर त्यस्तो गठबन्धन कहाँ–कसरी गर्ने भन्नेबारे सम्बन्धित स्थानीय तहको मतविभाजनको अवस्था हेरेर…