लन्डन । अष्ट्रियाको भियानामा रहेको नेपाली दूतावास क्रोसियामा नेपाली कामदार पठाउने कागजातसम्बन्धी विवादमा तानिएको छ। क्रोयसियामा कामदार पठाउन रोजगार मागपत्र प्रमाणीकरण गर्ने बहानामा नेपाली राजदूत भरतकुमार रेग्मीलगायतको मिलेमतोमा ठूलो संख्यामा श्रमिकहरु युरोप छिराउन लागेको आरोप लागेपछि दूतावास विवादमा मुछिएको हो। गैरआवासीय नेपाली संघ अष्ट्रियका पूर्वअध्यक्ष विनोद चौलागाईले दूतावासको संलग्नतामा गैरकानुनी काम भएको बताए। तर, दूतावासले…