काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ०३ पैसामा कारोबार भैरहेको छ। शुक्रबारको तुलनामा आज (शनिबार अष्ट्रेलियन डलरको भाउ ७५ पैसले बढेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८८ पैसा र बिक्री दर १५९ रूपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया