प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ। नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ।

दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए।