काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् । बहराइन सरकारले प्रदान गर्ने १० लाख अमेरिकी डलरको पुरस्कार राशिको इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले रुइतलाई बिहीबार बधाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले मानव कल्याणको क्षेत्रमा डा. रुइतले गरेको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन्…