काठमाडौँ । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ । कोइरीलाई पक्राउ नगरेपछि गृहमन्त्री रवि लामिछाने आलोचित बनिरहेका बेला शुक्रबार गृह मन्त्रालयले गृहमन्त्रीबाट पटक पटक कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई मौखिक निर्देशन दिएकोमा हालसम्म पक्राउ नपरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण…