कोटेश्वरमा कोइला बालेर सुतेका चार जना अचेत अवस्थामा फेला

कोटेश्वरमा कोइला बालेर सुतेका चार जना अचेत अवस्थामा फेला


काठमाडौँ ।

काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना बेहोस अवस्थामा फेला परेका छन्।

शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्।उनीहरूलाई तत्कालै उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा पुर्‍याएको थियो। उनीहरूको आइसियूमा उपचार भइरहेको छ।

यस्तै सिभिलमा आइसियू खाली नभएपछि छलमायाको थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरेको हो। प्रहरीले कोठाभित्र मकल, हिटर बालेर नसुत्न अनुरोध गरेको छ।