काठमाडौँ ।
भारतीय तीर्थालु बोकेको बस नवलपरासीमा दुर्घटना भएको छ। युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको बस दुर्घटना भएको हो ।
सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया