काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ८८ पैसामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ। अष्ट्रेलियन डलर आइतबारको तुलनामा आज ८ पैसाले घटेको छ।
यस्तै अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ १४ पैसा र बिक्रीमा १३० रुपैयाँ ७४ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रुपैयाँ १० पैसा,युके पाउन्ड स्टर्लिङ १६१ रुपैयाँ ३६ पैसा र बिक्रीमा १६२ रुपैयाँ १० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमूल्य ९९ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
प्रतिक्रिया