काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहादानी विभाग पुगेर राहादानी बुझाएका छन्। निष्क्रिय नागरिकताको प्रयोग गरी लिएको राहादानी लामिछानेले फिर्ता गरेका हुन्।
आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाएका हुन्। जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकता पुनः प्राप्ति गरेसँगै निष्क्रिय नागरिकताबाट जारी भएको राहादानी लामिछानेले बुझाएका छन्।
अमेरिकी राहदानी भएकै बेला निष्क्रिय रहेको नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी पनि लिएका थिए। झुठा विवरण पेस गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया