प्रधानमन्त्रीलाई रविको आग्रहः अहिलेलाई पुरानै भूमिका दिनुस्, ६ महिनापछि चुनाव जितेर आउँछु

प्रधानमन्त्रीलाई रविको आग्रहः अहिलेलाई पुरानै भूमिका दिनुस्, ६ महिनापछि चुनाव जितेर आउँछु


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पु ष्पकमल दाहाललाई आग्रह गरेका छन्। आज दाहालसँग भेटेर लामिछानेले गृहमन्त्रीमा फर्कने चाहना रहेको बताएका हुन् ।

रविले आफ्नो नागरिकताको विवाद सकिएको र राहदानीको छानबिन पनि सकिने हुनाले नियुक्त गर्न दाहाललाई भनेका थिए । रविले उपनिर्वाचनमा पनि चितवन २ बाट आफूले जित्ने हुँदा कुनै अप्ठ्यारो नपर्ने तर्क गरेका थिए ।

स्रोतका अनुसार, उहाँको कुरा प्रधानमन्त्रीसँग उपप्रधान एवम् गृहमन्त्री नै बनाइदिनु पर्‍यो, नत्र पार्टीमा अप्ठ्यारो पर्छ भन्ने थियो, ६ महिनापछि उपनिर्वाचन जितेरै आउँछु, अहिलेलाई पुरानै भूमिका दिनुस्।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सात दलीय सत्तम गठबन्धनभित्र सल्लाह र राय लिएर निर्णय गर्ने बताएका छन्।

अब रवि गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितव क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेर आउने योजनामा छन्। शुक्रबार सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उनको सांसद पद खारेज भएको थियो । उनी शुक्रबार नै उपप्रधान तथा गृहमन्त्त्रीबाट राजीनामा दिएर सिंहदरबारबाट बाहिरिएका थिए ।

आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका छन्। संविधानको धारा ७८ (१) अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैरसांसद पनि मन्त्री बन्न पाउँछन् । तर, त्यसरी नियुक्त भएका मन्त्रीले ६ महिनाभित्र संसद्को सदस्यता प्राप्त गर्नुपर्छ ।