काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले देशको अर्थतन्त्रको अवस्थाकाबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । एकीकृत समाजवादीले देशको आर्थिक अवस्था नाजुक बन्दै गएको उल्लेख गर्दै सुधारका लागि गर्नुपर्ने कामसहितको सुझाव दिँदै ज्ञापनपत्र बुझाएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देशको आर्थिक अवस्था नाजुक हुँदै गएकाले तत्काल समाधान खोज्न एकीकृत समाजवादीले सुझाव दिएको छ ।
प्रतिक्रिया