काठमाडौँ । चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भारत र कुवेत भिड्ने भएका छन्। डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्याे। त्यसअघि कुवेतले पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेको थियो। बेंग्लोरको कान्तिरभा मैदानमा भारत र लेबनानबीचको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन…